भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वाभिमान / बद्री पलिखे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जमिनभन्दा अग्लो
ढिस्कोहुन्छ ।
ढिस्कोले जतिसुकै फुइँ देखाए पनि
 पहाडभन्दा अग्लो हुनै सक्दैन ।
पहाडभन्दा अग्लो
सगरमाथा हुन्छ ।
पहाडले जतिसुकै फुर्ती देखाए पनि
सगरमाथाभन्दा उच्च हुनै सक्दैन ।
सगरमाथा अग्लो हुन्छ ।
सगरमाथाभन्दा पनि अग्लो
मान्छे हो,
मान्छेभन्दा अग्लो
स्वाभिमान हुन्छ ।
स्वाभिमान,
जमिनमाथि उठेको आकाश हो।
क्षितिजमा
जमिन र आकाशको भेट हुन्छ ।