भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाम्रो गीत / गणेश रसिक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हामी नयाँ विहानीका स्वरहरू
हाम्रा स्वर खोलाका सुस्केराहरू
हामी सधैं यो माटोलाई बिउँझाउन गाउँछौं
रेटेर आफ्नै सारङ्गीहरू ।
हाम्रो गीत खोलाको मुहानसँगै फुटयो
हाम्रो गीत भालेको डाकसँगै बिउँझ्यो
हाम्रो गीत लेक-बेसी, वन-पाखासँग-सँगै हुर्क्यो
हाम्रो गीत हिमालसँगै अग्लिएर
बादलसँगै फैलिएर धर्तीभरि बर्सियो ।
 
हामी चार भन्ज्याङलाई नाघेर
डाँडा-डाँडा गाउँछौं
जहाँ फुले पनि लालीगुराँस रातै फुल्छ
त्यसैले हामी लेकाली
सबको आवाज एउटै लयमा बाँधेर गाउँछौं ।