Last modified on 24 फ़रवरी 2015, at 16:50

पोखिएर घामको झुल्का भरि संघारमा / हरिभक्त कटुवाल

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 16:50, 24 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है।
सयपत्री फूलसितै फक्रिएर आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है ॥
कति-कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन्।
यति धेरै मानिसका यति धेरै आँखाहरू,
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है।
उँडू-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो,
मनको सङ्लो तलाउको पानी कसले चलायो।
आफैंलाई थाहा छैन कसलाई थाहा होला
यसैले त तिमीलाई सोधूँ-सोधूँ लाग्छ है।