भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ऐना अगाडि आज / सन्तोष थेबे

1,718 bytes added, 09:49, 6 दिसम्बर 2016
{{KKCatNepaliRachna}}
<poem>
ऐना अगाडि किन हो आज
बैँस कतै अल्झेजस्तो लाग्छ
समयका डोबहरु
उमेरका कुइनेटाहरु
बाक्लो ‘कस्मेटिक्स’ ले पोतुँ जस्तो लाग्छ
लाउँछन् नि आजकल
बाटुलो गोलाकार चश्मा
त्यसैभित्र बैँस छपक्क छोपुँ जस्तो लाग्छ ।
 
पीरका स–साना किराहरु
बाँच्नु पर्ने जीवनका जटिलताहरु
एकक्षणलाई बिर्सिएर कतै
ऐना अगाडि मुस्कुराउ जस्तो लाग्छ
वैँसका गीतहरु गुन्गुनाउँ जस्तो लाग्छ
सुटुक्क निर्मोहीको तस्वीरमा हाँसु जस्तो लाग्छ
ऐना अगाडि किन हो आज
बैँस कतै अल्झे जस्तो लाग्छ ।
 
होइन, होइन, त्यसो होइन
झ्वाम्म फुटालेर ऐना
एकपल्ट बैँस फेरि टिपुँ जस्तो लाग्छ
छताछुल्ल ऐनाहरुमा कतै लुकुँ जस्तो लाग्छ
अहो !
शिशिरमा पनि मन त वसन्त भएर फुलेछ
ऐना अगाडि किन हो आज
बैँस कतै अल्झे जस्तो लाग्छ ।
</poem>
Mover, Reupload, Uploader
10,429
edits