भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अमिबा बिचार / सुदीप पाख्रीन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निराशाहरुको
थिलियम* पिएर बाँचिरहेका — हामी
प्रायश:
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं
र, खियाइरहेका हुन्छौं पानाहरुमा घोट्दै घोट्दै
जीवन्त मस्तिष्कहरुलाई ।
मस्तिष्कहरु
र पानाहरुको घर्षणको प्रतिफल
उत्पन्न भइरहन्छन् — नीला तापहरु
जो लैजान्छौं
थिलियम पिएर बाँचिरहेका — हामी
उनीहरु समक्षमा ।
उनीहरु
हरेक मौसमलाई
जाडोको मौसम ठानी
गड्यौंला भैंm मस्त शीत–निंद्रामा हुन्छन्
हामी
नीलो तापभित्रका मूक आवाजहरु
नीलो तापभित्रका मौन हरफहरु
चूपचाप दोहोराइरहन्छौं
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु ।
कुनै प्रतिकृयाहरु जन्मदैनन्
— रोबोट अनुहारहरुमा
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान
र, भट्याउँछन् — कृतिम ‘रेकर्डेड’ शब्दहरु
हामीहरु
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं
— लौह मानवहरुका आँखाहरुमा
चकित हेरिरहेछौं
अमिबा%–बिचारहरुका आकृतिहरु
जो
प्रतिपल
आफ्ना आकारहरु बदल्दै
इतिहासको कालो गुफामा निश्चिन्त प्रवेश गरिरहेका छन् !
इतिहासको अंधकार गुफातिर निर्लज्ज दगुरिरहेका छन् !!
ओ !
अमिबा बिचारहरुका
तथाकथित स्वामीहरु !!
नीला तापहरुको तापक्रममा
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ?
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ??
☼☼☼

  • मन्द बिष

%साह्रै सानो जीव जसलाई माइक्रोस्कोपले मात्र हेर्न सकिन्छ र जसको निश्चित कुनै आकार हुदैन अर्थात आफ्नो आकार बद्लिइ रहन्छ ।