भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आदिम दहका कुरा / सुदीप पाख्रिन

Kavita Kosh से
(आदिम दहका कुरा / सुदीप पाख्रीन से पुनर्निर्देशित)
यहाँ जाएँ: भ्रमण, खोज

हामी सम्पन्नताको कुरा गर्छौ
तिमीहरु सम्पत्तिको कुरा गर्छौं
सोच्छु : सम्पन्नतासंग सम्पत्तिको के सम्बन्ध छ ?
हामी आकाशको कुरा लेख्न खोज्छौं
तिमीहरु खाडलको कुरा भन्छौं
फेरि सोच्छु : उचाई र गहिराईबीच के नाता छ ??
हामी संतुष्टीको मनन् गर्छौं
तिमीहरु सुविधाको ब्याख्या गर्छौं
एकपटक फेरि सोच्छु : संतुष्टी र सुविधाबीच के अन्तर्सम्बन्ध छ ??
हामी मौनताको विश्लेषण गर्न खोज्छौं
तिमीहरु खस्रा भ्यागुताहरु जस्तै टर्र...टर्र.... टर्टराउँछौं
अर्काे एकपटक फेरि सोच्छु : मौनता र अनावश्यकका टर्र...टर्र.... बीच कुन साइनो छ ??
हामी सुव्यवस्थाका सुर साँध्छौं
तिमीहरु स्वःविकाशका बेसुरा राग अलाप्छौं
अर्को एकपटक फेरि सोच्छु : व्यवस्था र विकाशमा कतिको अन्तर छ ??
हामी मरुभूमिमा पनि पूmल्छ कि भनि शोध गर्छौं
तिमीहरु उपवनमा पनि काँडाहरु उमार्छौं
अर्को एकपटक फेरि सोच्छु : फूल र उपवनमा कति दूरी छ ??
हामी मानविय संवेदनाका कुरा लेख्छौं
तिमीहरु त्यसमा अर्थहिनताका कुरा देख्छौं
अर्को एकपटक फेरि सोच्छु : संवेदना र अर्थको के अर्थ छ ??
हामी शब्दहरुलाई पुज्छौं
तिमीहरु शब्दहरुसंग खेल्छौं
हामी चिन्तनमा धनी छौं
तिमीहरु मानसिकतामा गरीब
अब तिमीहरु नै भन
हामीहरु र तिमीहरुको सम्बन्ध के ??
अपसोच !
झुक्किएरै पनि
अंधकार र आदिम त्यो दहमा
जून कहिल्यै झुल्किएन !!!