भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कहिले यो मन खहरे कहिले यो मन छहरा / सुरेन्द्र राना
Kavita Kosh से
(कहिले यो मन खहरे कहिले यो मन छहरा / दिनेश अधिकारी से पुनर्निर्देशित)
कहिले यो मन खहरे कहिले यो मन छहरा
चुलबुले यो मनलाई कसले दिने पहरा
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा
उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो
ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा
उँडी उँडी आकास छोई यो मन चरी घुम्ने कहिले
पन्चे बाजा डोली लिई मेरो मान्छे आउने कहिले
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा