भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चहक / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
(चहक / गोपाल सिँह नेपाली से पुनर्निर्देशित)
यहाँ जाएँ: भ्रमण, खोज

चहक

(१३३)
“घुमी – फिरी उमेरभरि सखी! रेतीमा काननमा।
लागिरह्यो बस एक नेहको खेती क्षम – क्षणमा।।
तर देखें दृश्य यस्तो यस जगतीमा जीवनमा।
देखेन यस्तो वैभव, हीरा मोतीमा काँचनमा।।”

(१३४)
हाँसिदेऊ मृदु चिर हाँसो मिलन होस् जगमा रोई – रोई।
मिलोस् निदि अमित स्वर्गको निज धन हराई – हराई।।
हओस् हिराको टुक्रा, बालुवा धुँदा – धुँदा।
झरोस् मृदु उल्लास घाउको पीड़ा हुँदा – हुँदा।।

(१३५)
बग्यो बतास मन्द मृदु शीतल, पातहरू हल्ले।
बोली उठे कोयल निशामा, मीठा बोली बोले।।
क्रीड़ा गरे तारिका बाला, नभको खिड़की खोले।
पछि छरिए धवल चांदनी, तम भागे पहिले।।

(१३६)
तल पर्वतको आँचल होस्, माथि नील गगन होस्।
मृदु छलछलमा, मृदु कलकलमा निर्झर नदी मगन होस्।।
वन – तरुवरको एक डालामा मंजुल प्रेम सदन होस्।
छरिरहेका मुक्ता – फलहरू रसले तृप्त मदन होस्।।

(१३७)
“रोई – रोई, हाँसी – हाँसी, तिर – प्रेमी सुत्दछ।
जगका निधिभन्दा ठूलो दुई मूल्यवान मणिहरू हराउँदछ।.
आफ्नो एक नेह सानुबाट मेरो मन धुँदछ।
मेरो रेतीमा आई प्रेमको बिउ लगाउँदछ।।

(१३८)
“अब बुझें मैले यही स्वर्ग हो, यही हो मुक्ति धन।
अन्य जगतमा सब बन्धन हो, यही एक जीवन।।
यही नै ‘पारस’ हो, जसले बन्दछ तन कंचन।
सरस – सुधा छर्ने, यही नै बस, एक धन।।

(१३९)
“म पनि पाउँछु यस्तै धन, ए सखी, भन त।
केवल यस्तै नै मंजुल जीवन,ए सखी, भन त।।
हुनेछ जगमा कंचनको तन, ए सखी, भन त।
कहिले झर्नेछ बालुवाका रेतीमा घन, ए सखी, भन त।।