पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया / फैज अहमद फैज / सुमन पोखरेल
पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया!
मेलै ठान्याथेँ, तिमी भए जीवन त्यसै उज्यालो हुनेछ
तिम्रो चिन्ता भएपछि किन गर्नु चिन्ता अरू,
तिम्रो मुहारका कारण संसारभर वसन्त टिकिरहनेछ
तिम्रा आँखा बाहेक के नै छ र दुनियाँमा अरू,
तिमी मेरी भए झुकाउने छ शिर भाग्यले
त्यस्तो त थिएन, केवल चाहेथेँ त्यस्तो मैले।
अरू दु:ख पनि छन् संसारमा प्रेमभन्दा बाहेक
सुख अरू पनि छन् मिलनको सुखभन्दा बाहेक।
सदियौँदेखिका मायावी अन्धविश्वासहरू
रेशमले, मलमलले, मखमलले बुनिएका,
बजारभरि जताततै बिक्दै गरेका शरीररहरू
फोहरमा लुटपुटिएका, रगतमा नुहाएका,
शरीरको भट्टीबाट रोगहरू निस्किरहेका
पाकेका घाउबाट पीप बगिरहेका।
फर्कीफर्की पुग्छ त्यता पनि नजर के गर्नु!
लोभलाग्दो छ तिम्रो सौन्दर्य अझै तर के गर्नु!
अरू दु:ख पनि छन् संसारमा प्रेमभन्दा बाहेक
सुख अरू पनि छन् मिलनको सुखभन्दा बाहेक
पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया!