भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चित्कार / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(८१)
रोई – रोई रजनी बित्यो, रोएर दिन आयो।
उसको सानु काया, रोई शिथिल भयो।।
गले करुण दु:खहरूले दृगमा जल भरी आयो।
रात – रात – भर जागी जल आँखैमा सुक्यो।।

(८२)
जुन आँखाले यस जीवनमा ‘नन्दनवन’ लाई देखेथ्यो।
जुन आँखाले बालकपनदेखि नै, ‘पल्लववन’ देखेथ्यो।।
जुन आँखाले खिलेको कमल जस्तो हाँसिरहेको मन देखेथ्यो।
जुन आँखाले पात – पातमा मृदु जीवन देखेथ्यो।।

(८३)
त्यसै आँखाले हेरे उसले, जगत शून्य भएको।
हाँसी इत्री गर्ने कलीहरू, पल – भरमा मुर्झाएको।।
कलित कण्ठको मधुर बोलीहरू क्रन्दनमा डुबेको।
सुख दु:खमा मिलेको;दु:ख सुखमा हराएको।।

(८४)
चित्कार गरी रुन्थी रामी, वन सारा रुँदथे।
लोचन रुन्थे, मन रुन्थे, तन सारा रुन्दथे।।
झरिरहेथे आँसु, दृगको प्यारा घन रुन्दथे।
गोली – गोली आँसु लोचनको तारा बनी रुन्दछे।।

(८५)
गुञ्जिरहेथ्यो लहर – लहरमा, करुणाजनक रोदन नै।
आज नित्यको गायक निर्झर, भन्दथे क्रन्दन नै।।
रुन्दथे जल -थल अझ बढ़ेर, चिन्तित नील गगन नै।
सुँक्क – सुँक्क जग नै किन नरोओस् जब रुंदछ जीवन नै।।

(८६)
आश्वासनको मृदु आशामा, गई उ तुरन्त उ सरमा।
युगल मराल – मराली ल्याइदेऊ – केही सुख अन्तरमा।।
किन्तु, के सरमा, के निर्झरमा, के अग्लो तरुवरमा।
जगत सबमा छाएथे, चिन्ता उजाड़ कानन – भरमा।.

(८७)
बसी सर – तटमा रोइरहेथे मराल – मराली।
दल – हाँसहरूले भरेको सरोवर देखिँदथे काली।।
भरेका थिए, जलमाथि पातहरू आँधीको।
हुँदैनथे अलिकति पनि क्रीड़ा मतवाली हाँसहरूको।।

(८८)
हेर्दा – हेर्दा आज यो दुर्दशा ‘नन्दनवन’को सरको।
हेर्दा – हेर्दा यो करुण अवस्था आफ्नो उजाड़ घरको।।
सुनी – सुनी क्रन्दन – ध्वनि चरीको जल – थलको अम्बरको।
अघिभन्दा अझ बढ़े व्याकुलता अन्तरको।।

(८९)
रोई रानी आँसु भरी – भरी दुई सुनिएका लोचनमा।
आज बोली मञ्जुलको बदला, काँड़ा बिज्यो मनमा।।
लाग्यो व्यथाको आगो देहमा, जाग्यो वेदना तनमा।
कराई – कराई रुँदथी रानी, पीड़ाले क्षण – क्षणमा।।