भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सलाईको काँटी र मुटुहरु / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



बिना उद्देश्य साँझमा खुट्टा बङ्ग्याउँदै
निर्लज्ज ... ... निःसन्देह
सडकमाझ —
हिँडिरहेको एउटा लाचार मान्छेजस्तो
आफू जलेर बलिदिन्छ
साँझमा सलाईका काँटीहरु
आफू जलेर बलिदिन्छ
अभावमा सलाईका काँटीहरु
आफू जलेर बलिदिन्छ
सृजनामा सलाईका काँटीहरु

म —
निस्पट्ट रातमा बाँच्न चाहन्छु सलाईको काँटीसँगै ।

आऊ —
हामी काँटीहरुमा अनुवाद हौँ
बेहाल बाँचिरहेका एकहूल मुटुहरु
जिन्दगीको चर्को बहस लिएर
अचेल —
काँटीहरुको समर्थनमा मौनमा छन्
काँटी — मुत्युमा जलिदिन्छ
काँटी — विनाशमा बदलिन सक्छ
काँटी — आगो हो
आगोको देश हुँदैन/ आगोको कुनै भेष हुँदैन
आगो सलाईको काँटी हो
आगो जहाँ पनि जान सक्छ
अचेल —
काँटीहरुको समर्थनमा ओर्लिरहेछन् मुटुहरु ।