सात राग / हीन व्याकरणी विद्यापति
श्यामा श्रीखंडन वन कोमल पुष्पशय्यामाहाँ ।
गयी वेदको सोर विभाग् वीणामा ।
भर्त्ता रिझाँउन तालको भाव् वताँउदी ।
गाँउदी त दक्षिण गूजँरी राग नामा ।।१।।
नितंविनीको मुखकमलमधूरसचुंवनले मत्त भयाको ।
कुंडलधारि मनोहर माली शूकसमान सरीर खुल्याको ।
साँझ विषे गयी ... ... ... ... ... ... ... ... ... ... ... ... ... ।
राजराजेश्वरचक्रचूडामडि गौडामालव नाम धर्या.को ।।२।।
मयुरमुकुटधारी हस्तिमाहाँ सवारी ।
अतुगुणगणसेना माहाराज्झं भयाको ।
मगनदनमूर्ति वीणामाहाँ सुहाँउँदो ।
विरहीको मन हर्दी राग नाम वसंत ।।३।।
गोरो वर्ण नीलो पिछौरा बढयाको ।
षचिद् रत्न शुन्का भूषण्ले जडयाको ।
प्रिये पावूमा छन् त पनी यी बस्याको ।
सभैमा उची राम्करी रागनामा ।।४।।
गोरो चंद्रमा झैं रवि झैं प्रचंड ।
शूरो वीर लडाञिमा छाति ढाल् तुल्याँउदो ।
कुराइ बाहुली फट्कंदो वीर् जमात्मा ।
जितानन्दको राग् देशाष भनिन्छ ।।५।।
सुकेशी षसम्लाई रिझाँउदी सरुप्मा ।
धवँर चालदा हातकंकण् बजाउदी ।
पारीजात्का फुल्को गुछो कान्मा लाँउदी ।
रमिद् देहको राग् वराडी भनिन्छे ।।६।।
सुरत्लोभिनी हात्मा माला लीयाको ।
स्वयंवर परीक्ष्य रमित् कान् तरोज्दी ।
कोमल् पुष्पमाला बसी दृष्टि फेर्दी ।
सरुप् सुन्दरी गुण्कारी राग् भनिन्छे ।।७।।
'नेपाली भाषा र साहित्य' बाट साभार