भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"उज्यालो / रीता खत्री" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रीता खत्री |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 5: पंक्ति 5:
 
|संग्रह=
 
|संग्रह=
 
  }}
 
  }}
{{KKCatGeet}}
+
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>

09:45, 10 जुलाई 2024 के समय का अवतरण

शिशिरको कारागारमा
बन्दी छ वसन्त
अवरुद्ध छन्
विश्वासका नदीहरू ।
जीवनको समरमा
स्वाभिमानको युद्ध लडेर
अँध्यारो रातको
कालो सीमा भत्काउँदै
आफूभरि-
उज्यालो रोपेका मनहरू
आशङ्कित छन्
कुटिल समयको चक्रव्यूहमा कतै
अपहरित हुने त होइन उज्यालो ?
आशङ्का
मन्दिरका पवित्र घण्टहरूमा
सन्त्रास भएर बज्छ
फूलका पत्रपत्रमा आँसु भएर बग्छ
अचम्म ! जालधारीहरू
शाश्वत उज्यालोलाई
पासो थाप्ने तरखरमा छन् ।
सीमातीत घेरामा
बाँध्ने तरखरमा छन्
खै कहाँ निस्तेज भएको छ
र उज्यालो ?
सृष्टिमा रूपान्तरित उज्यालो-
प्रत्येक मन र आँखामा
सौन्दर्य भएर फुलिरहेछ
उज्यालो विरुद्ध
षड्यन्त्रको पासो थाप्ने
छली बादलहरूसँग
कुनै सम्झौता हुन सक्दैन
उज्यालो विरुद्ध
कुनै सन्धि हुन सक्दैन
समय युद्धमा हार्नेछन् एक दिन
लाटोकोसेरोहरू र लेखिने छ
उज्यालोको एउटा स्वणिर्म इतिहास
विस्तृत आकाशको गर्भबाट
अँध्यारो चिरेर प्रसूप्त
घाम हो उज्यालो/
जून हो उज्यालो
प्राप्तिको एउटा सुन्दर प्रत्याभूति
जीवनको एउटा
मनसुन हो उज्यालो ।