भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सत्ता / शकुन्तला जोशी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=शकुन्तला जोशी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 6: पंक्ति 6:
 
}}
 
}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 +
{{KKCatKavita}}
 
<poem>
 
<poem>
 
तिनीहरूले भनेपछि
 
तिनीहरूले भनेपछि

11:33, 15 मार्च 2017 के समय का अवतरण

तिनीहरूले भनेपछि
'गीतावचन' ठानेर हामी
लुरुलुरु पछि लाग्यौँ
दायाँ घुम भने- घुम्यौँ
बायाँ फर्की भने- फर्क्यौँ
अघि बढ् भने- बढ्यौँ
पछि हट् भने- हट्यौँ
घोप्टो पर् भने- घुँडा टेक्यौँ
टाउको थाप् भने- निहुरिदियौँ
झन्डा बोक् भने- बोक्यौँ
ढुंगा हान् भने- हान्यौँ
एक दिन अर्को 'गीतावचन' सुनाए
'मर्न डराउनु हुन्न !'
तर, हामी मर्‍यौँ/मर्दै आयौँ

उनीहरू भन्थे,
एकदिन हाम्रो सत्ता आउने छ
सबैका आँगनमा घाम खस्नेछन्
सबैको चुलामा आगो बल्नेछ
त्यही दिनका लागि हामी तँछाडमछाड
मर्न हतारियौँ

हाम्रो उम्दा रगतको भेलमा तैरिँदै
साँच्चै आयो
'त्यो दिन'/'त्यो सत्ता'
उनीहरूले भनेझैँ
त्यो चम्किलो बिहानजस्तै थियो
कर्पोरेट हाउसको डेकोरेटेड एजीएमजस्तै
झकिझकाउ थियो
विडम्बना,
त्यहाँ हामी थिएनौँ/हाम्रा लागि कुनै ठाउँ थिएन

एकदिन हामीले नसोध्दै
उनीहरूले अर्को 'गीतावचन' सुनाए
'यो हाम्रो सत्ता हो
नआत्तिनोस् !'
पक्कै आउने छ एकदिन
तपाईंहरूको आफ्नै सत्ता ...!