"समय / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=रमेश क्षितिज | |रचनाकार=रमेश क्षितिज | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=अर्को साँझ पर्खेर साँझमा | + | |संग्रह=अर्को साँझ पर्खेर साँझमा / रमेश क्षितिज |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
पंक्ति 17: | पंक्ति 18: | ||
फुकायो उसले–उत्साहको किलामा बाँधिराखेको | फुकायो उसले–उत्साहको किलामा बाँधिराखेको | ||
गाभिन खुसी | गाभिन खुसी | ||
− | र | + | र डोर्याउँदै हिँड्यो, |
अर्कोपल्ट | अर्कोपल्ट | ||
लुट्यो – ह्रदयको सन्दुकमा साँचिराखेको | लुट्यो – ह्रदयको सन्दुकमा साँचिराखेको | ||
पंक्ति 24: | पंक्ति 25: | ||
फेरि आयो | फेरि आयो | ||
र रहर फुलेको विश्वासको चौडा फाँट | र रहर फुलेको विश्वासको चौडा फाँट | ||
− | + | सार्यो आफ्नो नाउँमा | |
बलजफ्ती लगायो मेरो सहीछाप, | बलजफ्ती लगायो मेरो सहीछाप, | ||
08:15, 16 मार्च 2017 के समय का अवतरण
सेतै कपाल फुलिसकेको
एउटा बुढो समय – साहु
गरप्–गरप्
बुट बजाउँदै दिनहरूको
र टेक्दै कुटे लौरो वर्ष–वर्षको
उक्लँदै आयो मेरो उमेरको ढुंगे सिँढी,
पहिलो पल्ट
फुकायो उसले–उत्साहको किलामा बाँधिराखेको
गाभिन खुसी
र डोर्याउँदै हिँड्यो,
अर्कोपल्ट
लुट्यो – ह्रदयको सन्दुकमा साँचिराखेको
अमूल्य सपना,
फेरि आयो
र रहर फुलेको विश्वासको चौडा फाँट
सार्यो आफ्नो नाउँमा
बलजफ्ती लगायो मेरो सहीछाप,
हरेक पल्ट जब आयो ऊ
केही न केही अवश्य लिएर गयो
कहिले ब्याज भनेर लग्यो – स्वप्नवत बैंस
कहिले स्याज भनेर लग्यो – प्रिय जिन्दगी
सधैंसधैं रित्तिएँ म
उसको चक्रवर्ती हिसाबले !
अन्तिमपल्ट
हुरीको आवेगमा हुन्हुनाउँदै आएको उसले
टपक्क टिपेर लग्यो
टुक्र्याएर मलाई चिथोरेर सर्वांग – छोडिदियो !
ढुंगालाई गीत सुनाएजस्तो
सुनेन कुनै बिन्ती,
बरू हिँड्दाहिँड्दै थमाएर गयो गतिशील उसले
हातमा एउटा सुनौलो बाँसुरी
र भन्यो – यो समय
पर्खने समय हो तेरो – कुनै नयाँ समयलाई !