भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सत्ता / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=रमेश क्षितिज
 
|रचनाकार=रमेश क्षितिज
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमा
+
|संग्रह=अर्को साँझ पर्खेर साँझमा / रमेश क्षितिज
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
“म चोखो पवित्र मनले  
 
“म चोखो पवित्र मनले  
 
ईश्वरको भक्ति गर्न चाहन्छु”
 
ईश्वरको भक्ति गर्न चाहन्छु”

08:20, 16 मार्च 2017 के समय का अवतरण

“म चोखो पवित्र मनले
ईश्वरको भक्ति गर्न चाहन्छु”
 मनमनै भनेर
उभिएँ म भक्तहरूको लामो लाममा,

प्रज्वलित बत्तीहरूको उज्यालो
फूलहरूको सुगन्ध
अगरबत्तीको मगमग वासना
फुटाइएका नरिवलका टुक्राहरू
र चढाइएका पुष्प बेलपत्रहरूको माझबाट
अबीर अक्षताले छोपिएका ईश्वर
मुस्कुराउँदै निस्के
घन्टाहरूको टिङ्टिङ् ध्वनिबीच
एउटा बेग्लै सुमधुर गर्विलो आवाजमा
श्रद्धेय ईश्वर बोले
 
भक्तहरूलाई परिचय गराउँदै ईश्वरले भने–
“यस लहरमा पूजाको लागि आएकी
यो सुकुमार केटी
सुन्दर र सम्पन्न पति माग्न
आएकी छ मसँग”
पूजाको थाली बाकेर उभेकी केटी
निहुरिई लाजले

र ईश्वरले
एउटी अधबैंसे स्वास्नीमान्छे देखाउँदै भने–
“यो आफ्नो हराएको लोग्ने फिर्ता माग्न
नैवेद्य बोकेर आएकी छ मसँग”
त्यस्तै अर्को रोगी बुढालाई देखाएर
ईश्वरले भने–
“अझै दीर्घायु माग्दैछ यो”

बेलपत्र नैवेद्य र अक्षताले छोपिएका ईश्वर
बाहिर निस्केर
सबै–सबैले मनमा लुकाएर राखेका
अँजुलीका फूलपातीले छोपिराखेका
मनोकामना
भन्दै गए मलाई
         कोही सम्पन्नता माग्नेहरू !
         कोही आरोग्यता माग्नेहरू !!
नखर्चेर पसिना वैभव चाहनेहरू  !
र माग्नेहरू आफूले गरिसकेका
अनगिन्ती अपराधको क्षमा !!
 
सबै–सबै भक्तहरूको परिचयपछि
अन्त्यमा ईश्वरले भने–
“अब दिन ढल्किँदै गएपछि – रित्तो–रित्तो मन्दिर
नियास्रा टुँडालहरू
मन्दिरको ओत लिएर बस्ने एक्लो म
र यी भिखारी सिवाय
कोही हुँदैन यहाँ,

भन् तँ के माग्न आएको मसँग ?”