|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमा/ रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
त्यही मोडमा आइपुगेको छु फेरि
जहाँबाट छुटेका थियांै थियौं हामीगह्रांै गह्रौं पाइलाहरू लिएर दुई फरक दिशातिर,
अझै चियाइरहेछन् मलाई एकान्तमा
भिजेका केही नांगा आँखाहरूले !
मैले मेटिदिएको थिएँ आफंैले आफैंले लेखेका अक्षरहरू
परित्याग गरेको थिएँ सम्पूर्ण मोहसत्ता
गला घोटिदिएको थिएँ निर्मम भएर
‘आह’ भन्न सक्दैन मान्छे
तर ढुंगाको मूर्तिलाई
झुकेर हजारांै हजारौं सलाम गर्छ ऊ
कविताको मूल्य नहुने
भीडहरूबाट भाग्नुको अर्थ
आफंैबाट आफैंबाट भाग्नु हुँदोरहेछ
दु:खबाट पलायन हुन खोज्नुको अर्थ
जीवनबाट तर्किन खोज्नु हुँदोरहेछ
भाँचिएको मन जोडेर फेरि आएको छु
कुनै युद्धको घोषणा गर्न,
फेरि सच्याउँछु आफंैले आफैंले मेटेका अक्षरहरू
र सुरुवात गर्छु अन्त्यहीन संघर्षको,
सम्बोधन गर्छु त्यो भीडलाई
फर्काऊ हाम्रो आत्मसम्मान र स्वाभिमानको जिन्दगी–
त्यहीँनेर
फेरि हिँड्नु छ मैले
आँखाअघि लम्पसार सुतेको यो रातो बाटो ।
स्वप्नकथा
हामी उक्लिरहेछांै
त्यही प्राचिन ठाडो उकाली
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,
यहीँ आत्महत्या गरेथ्यो एक साँझ
कुनै विद्रोही युवाकविले !
उसले सिरानी हालेको दर्शनको किताब,
आंैला देखिने एकजोर पुराना जुत्ता,
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
र मसी सुकेको ऐतिहासिक कलम
छन् – अझै बाँकी छन्,
दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक दिन त फर्किन्छ भनेका थियांै कि ?
कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
दुर्घटनामा मारिएको राजनेताको आधा लेखिएको डायरी
आफ्नो लास बोकेर बेपत्ता हुने सोनामहरू
र विक्षिप्त सतीहरूको कोलाहलपूर्ण मौनता
छन् – अझै बाँकी छन्,
सपना पिएर धङधङिने
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनांै समयलाई ?
उत्सवहरूको कालो भित्ता
सहिदकी आमाका टोलाइरहेका शुन्य आँखा,
भोकको ज्वाला, शोकको आघात
व्यक्तिस्वार्थको सुनौलो पिँजडामा बन्दी मन,
सधंै उदाउने सामन्त सूर्य
र कहिल्यै नसुक्ने गहको आँसु
छन् – अझै बाँकी छन्,
कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर पुग्यांै भनेको – त्यहीँ हुँदारहेछांै
आफू चढ्न जानेनांै शिखरहरू
कि अपदस्थ गर्दैछांै उचाइहरू ?
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
हाम्रा गौरवका धारहरू ?
नहुन् यी भनेर कामना गरेका धेरै कुरा
छन् – अझै बाँकी छन्,
पुर्खाहरूबाट सुनेको उही कथा
कसरी सधैं दोहो¥याउने सन्तानहरूलाई ?
केही फरक होस् भनेर
प्रतिक्षारत टक्क अडिएका छन् हाम्रा दृष्टिहरू
त्यही प्रसुतिगृहअगाडि
कुनै अप्रतिम युगपुरुष छोरालाई बोकेर
बाहिर निस्कँदै गरेकी आमालाई हेर्न भनेर ।
</poem>