भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"मान्छे र आकाश / देवान किराती" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
09:45, 12 मई 2017 के समय का अवतरण
एउटा मान्छे भन्दा
कति ठूलो छैन आकाश ।
मान्छेले उफ्री छोएको जति
आकाशको उचाइ
जति ढाक्छ एउटा मान्छे उभ्दा÷बस्दा
लम्बाइ, चौडाइ, मोटाइ
पूर्णायतन आकाशको,
र जम्मा एक चिहान
आकाशको गहिराइ ।
आँखा, औँला, आत्मा, मनको रङ
आकाशकै रङ
आँसु, पसिना, रगतको रङ
आकाशकै रङ
मान्छेले खोजेको शान्तिको रङ
आकाशकै रङ ।
एउटा मान्छेभन्दा
रत्ति फरक छैन आकाश ।
प्रत्येक मृत्युमा खाली हुन्छ आकाश
र प्रत्येक जन्ममा पूरा हुन्छ आकाश
मात्रै एउटा मान्छेजत्रै छ आकाश ।
मात्रै एउटा मान्छेजस्तै छ आकाश ।।