भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"यसरी सताउने गर्दछन् / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
(कोई अंतर नहीं)

20:37, 31 मई 2017 का अवतरण

हररात आई सपनामा तिनले फकाउने गर्दछन्
माया मारी जानेले यसरी सताउने गर्दछन्
 
तिमीले नै छोडिगए नि गर्दिनँ केही गुनासो
दु:ख पर्नेसँग सबैले साथ छुटाउने गर्दछन्
 
भीरमा पुग्यो जिन्दगी मेरो, फिर्ता लैजाऊ तिम्रो माया
बाटो अप्ठ्यारो भो’ भने, भारी घटाउने गर्दछन्
 
जीवन अँध्यारो पारिगयौ, यो मुटु यस्तै जल्न देऊ
अँधेरी रातमा हिँड्दा नै राँको सल्काउने गर्दछन्
 
सार्है कठोर रहिछ्यौ तिमी, मेरो मलामी पनि आइनौ
मरेपछि त बैरीले पनि माया देखाउने गर्दछन्
 
व्यर्थै मरेजस्तो भयो, के थाह र पहिले सुमन !
वास्तै नगर्नेले अचेल चर्चा चलाउने गर्दछन्




(कवि कमर जलालवीमा समर्पित)