भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"गरिकन हेरेपछि थाहा हुन्छ / प्रेमप्रकाश मल्ल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रेमप्रकाश मल्ल |अनुवादक= |सङ्ग्...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

08:21, 3 जून 2017 के समय का अवतरण

गरिकन हेरेपछि थाहा हुन्छ, नगर्दासम्मन् के थाहा ?
परिकन हेरेपछि थाहा हुन्छ, नपर्दासम्मन् के थाहा ?

मरेर कोही फकर्रे आउँदैन तर, जिउँदै मरेका झैँ
मरिकन हेरेपछि थाहा हुन्छ, नमर्दासम्मन् के थाहा ?

पीडाहरूका कष्टहरूका ती अग्ला–अग्ला चुचुराहरू
चढिकन हेरेपछि थाहा हुन्छ, नचढ्दासम्मन् के थाहा ?

वेदनाहरूका यातनाहरूका गहिरा–गहिरा नदीहरू
तरिकन हेरेपछि थाहा हुन्छ, नतर्दासम्मन् के थाहा ?

जिन्दगीमा दु:खै दु:खका खजानाहरू ढुकुटीहरू
भरिकन हेरेपछि थाहा हुन्छ, नभर्दासम्मन् के थाहा ?