"दुर्बोध्य समय र दोभासेहरूको खोजी / निमेष निखिल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=निमेष निखिल | |रचनाकार=निमेष निखिल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह= मनहरूको परिसर / निमेष निखिल |
}} | }} | ||
{{KKCatKavita}} | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
समय निकै दुर्बोध्य भएको छ आज | समय निकै दुर्बोध्य भएको छ आज | ||
कतै भेटिएका छैनन्/देखिएका छैनन् | कतै भेटिएका छैनन्/देखिएका छैनन् |
16:18, 4 जून 2017 के समय का अवतरण
समय निकै दुर्बोध्य भएको छ आज
कतै भेटिएका छैनन्/देखिएका छैनन्
म खोजिरहेछु/हेरिरहेछु
मेरो भाषामा समय बुझाउने दोभासेहरू ।
भन्नेहरू घाम लाग्नुको पनि अर्थ छ भन्छन्
पानी पर्नुको पनि अर्थ छ भन्छन्
भाग्दाभाग्दै अर्थहरूको पछिपछि
थाहा छैन कहाँ छुटे जिन्दगीका अर्थहरू
बाँकी छ त तिनै अर्थहीन शब्दहरूको कोलाज छ
मेरो चेतनाको परिसरवरिपरि ।
शब्दमा बोल्दैन समय
छातीमा घोडेटापजस्ता किरिङमिरिङ डोबहरू
खोलाको एकोहोरो रागजस्तो भाषा
कविताका अप्रचलित प्रतीकहरूको जस्तो उद्घोष
र हुरीको वेगझैँ शब्दतरङ्ग
यस्तैयस्तै भाषा बोल्छ समय ।
अब अर्थिनुपर्छ कहिल्यै अर्थिन नसकेको समयभाषा
उत्खनन गर्नुपर्छ अब
यसमक्रममा अर्थको पछिपछि भाग्दा हराएका
जिन्दगीका अर्थहरू
सधैँसधैँ प्रतिकूलताको अर्को नाम होइन समय, हुनुहुँदैन
एउटा निरस्त्र र प्रेमपूर्ण आक्रमण
सायद मागिरहेछ समय मान्छेसँग आज, यस्तै लाग्छ ।
र, समय निकै दुर्बोध्य भएको छ
खोजिरहेछु म आज पनि
मेरो भाषामा समय बुझाउने दोभासेहरू ।