भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"एक असारको बिहान / लक्ष्मीप्रसाद देवकोटा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 54: पंक्ति 54:
 
दिलले अवश्य !
 
दिलले अवश्य !
 
   
 
   
</poeM
+
</poem>

16:17, 22 जुलाई 2017 के समय का अवतरण


क.
दिनकरको बीउ झन्डै उम्यो
मिरिमिरि–माटो फारी, दृश्य
बदली निशिभर गाइरहिथिन्
प्रकृति, तिनले रोपिन्अवश्य !
 
ख.
हेर ! साईटु आउँछ कलिलो,
लाल पत्ती ली दुई बादल !
मानो लुँडेका बीज पलाउँदा
हात ठटाउँदा खुशी बालकदल,
जस्तो मेरो, पन्छी, पशुको,
उफ्यो दिल दिल !

ग.
फुल्दछ, फुल्दछ ढकमक बन्दै
रातो–पहेंलो
यसका सुगन्ध मशीहा चोर्छन्
सुँघिरहेछु
गरिरहेछु चोर्ने मेलो !

घ.
यसको केशर पर्दछ चुली
पन्छी चुम्छन्
पर्वतमुनिले मन्त्र सुनीकन,
यसको रहस्य,
‘भूर्भुव स्वः भूर्भुव स्वः’
तिनका आँगमा
बिरुवा उँग्छन्।

ङ.
यो रोप्ने को ? यो रोप्ने को ?
जोडाजोडी ?
कस्ती राम्री होलिन्तिनी औ
कस्तो सुन्दर तिनको प्रेमी !
कल्पिरहेछु ताना छोडी !
भावहरुका उब्जिरहेछन् हरिया शस्य
गाई एउटा मन्त्र, रहस्य !
भूर्भुव स्वः भूर्भुव स्वः

च.
जप्छ दुभो पनि यही गायत्री
सजल र सिरसिर,
दिलले अवश्य !