भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कहिले छायाँसँग खसेँ / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

11:11, 23 जुलाई 2017 के समय का अवतरण


कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ
जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ

जिन्दगीले घेरिरह्यो कतै जान पाइएन
मात्तिएर छेउकुना छुन पनि पाइएन
जत्ति रिस उठे पनि आफैँलाई मात्र डसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसेँ

नचाहेका कति कुरा टार्न पनि चाहिएन
दुखिरह्यो आफ्नै सास, रुन पनि पाइएन
कस्तो जुनी पाइएछ आफ्नै हेराइमा फसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसे