"पुर्पुरो / लक्ष्मीनन्दन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= लक्ष्मीनन्दन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
जरुर | जरुर | ||
त्यो होइनसक्ने कुरा | त्यो होइनसक्ने कुरा | ||
− | देख्तैनस् कति | + | देख्तैनस् कति टाट उल्टिन गए ? |
द्खीरहेछू पुरा । | द्खीरहेछू पुरा । | ||
के भन्छस् तब ? | के भन्छस् तब ? | ||
ढङ्ग कम्ति तिनको | ढङ्ग कम्ति तिनको | ||
वेढङ्ग वैरन्छ को ? | वेढङ्ग वैरन्छ को ? | ||
− | हुन् ती | + | हुन् ती बेकुफ । |
को हुनन् तँ सरिकै, | को हुनन् तँ सरिकै, | ||
के चिन्दछस् हू म को ? | के चिन्दछस् हू म को ? |
13:47, 16 नवम्बर 2017 का अवतरण
के उद्योगी मरी रहून ?
जरुर
त्यो होइनसक्ने कुरा
देख्तैनस् कति टाट उल्टिन गए ?
द्खीरहेछू पुरा ।
के भन्छस् तब ?
ढङ्ग कम्ति तिनको
वेढङ्ग वैरन्छ को ?
हुन् ती बेकुफ ।
को हुनन् तँ सरिकै,
के चिन्दछस् हू म को ?
बोक्र उद्यमी
के ?
गदाह सरिको
केमा छु कम्ति बता ?
चिन्दैनस् तँ मलाई ?
चिन्दिन के ?
होलास् न यत्तपता
भाग् जा पाजि !
भगाउने तँ कुन होस् ?
हिक्मत् बहादूर हुँ ।
यस्ता हिक्मति लाख छन् ।
किन नहुन ?
तिन्को कुरा के कहुँ ।
बिग्यो क के तिनको र ?
ठक्कर कती खाए कती आत्तिए ।
आखिर् ता सफलै न ती हुन गए ?
कैयौ त्यसै बोक्रिए ।
देखिन्छन् नि बडे महाजन ?
तिनी मेरा कृपापात्र हुन् ।
बाँकी ?
ती नचिन्ही मलाई तँ सरी आपत्ती नै झेल्दछन् ।
फोस्रो धाक लगाउँछस् ।
तब भयो, धाकै सही, आखिर के होला ?
पेलिएर मर्नु सरिको पर्ने छ भारी पिर ।
छिः के हार्छ तँ देखि ?
जित ।
तर पनि सोध् छू म यौटा कुरो ।
लौ सेध् ।
नाम बता मलाई पहिले ।
तेरो म हूँ पुर्पुरो
(‘उद्योग’ बाट)
('पद्य-संग्रह' बाट)