भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"नेताहरु / दिलिप योन्जन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलिप योन्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

09:58, 1 दिसम्बर 2017 के समय का अवतरण


जुन बेला म
भिडहरु बीचमा छटपटिदै हतार हतार
कोलाहलबाट भाग्छु ………..निस्सासिदै………
देख्छु त्यही भिड ………….त्यही जमात
एउटै झन्डा ………………… एउटै माग
हातभरि बिरोधका ब्यानर बोकेर
ओठभरि गाली ………………… हातभरि ताली
नेता फुर्तीसँग भाषण गर्छ
राष्ट्र, राष्ट्रियता
गरिबी, शिक्षा
जाति, धर्म
रोजगारीको ब्यबस्था
भ्रष्टचारको खुल्ला बिरोध
म चुपचाप हेरिरहन्छु, टाढा बसेर एक्लै
त्यतिखेर मलाई यस्तो लाग्छ
भाडाको भेडा बाख्रा बटुलेर
केही नबुझ्ने अनपढलाई भेला पारेर
दिमाग खुस्केका नेताहरु कराइरहन्छन्
वल्लो गाँउको बिकास पल्लो गाँउमा
पुर्बको कुरा पस्चिममा
जनता झुक्याइरहन्छन्, झुक्याइरहन्छन्,
सधै एउटै भाषण, एउटै बिषय लिएर