भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कलम / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

09:51, 27 मार्च 2018 के समय का अवतरण


रात सार्‍है लामो भयो
रात चिर्छ मेरो कलम
दिन उघार्छ मेरो कलम उज्यालो मन पराउंछ ।

मेरो कलम
कहिले काहिं हुन्छ पनि
हांस्छ पनि/मुस्कुराउँछ
ब्यंग्य गर्छ
माकुराहरुलाई देख्दा
खाउँला झैं गरी हेर्छ ।

मेरो कलम, सार्‍है अनौठो छ
मेरो कलमको
टाउको पनि छ
मुख पनि छ ।

मेरो कलम बिरोध गर्छ
समर्थन गर्छ
मुद्दा लाड्छ
युद्ध गर्छ
बहस गर्छ
सबभन्दा गौरब त यो छ कि
मेरो कलम
हरेक मुठभेटमा रातसंग झगडा गर्छ ।