भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"म हिम्मत हार्ने मान्छे होइन / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

14:20, 27 मार्च 2018 के समय का अवतरण


म हिम्मत हार्ने मान्छे होइन
प्यारालाइसिस होऊन् खुट्टाहरु
म हिम्मत हार्ने मान्छे होइन
आँखाहरु अन्धा होऊन्
म बिश्व हेर्न सक्छु
हातहरु काटिऊन्
म कबिता कोर्न सक्छु
हिम्मत
मान्छेको सर्बोत्कृष्ट गहना हो
हातहरु नहोऊन्
खुट्टाहरु नहोऊन्
म पृथ्वी छाम्न सक्छु
कुदेर ब्रह्माण्ड फन्को मार्न सक्छु
टाउको नहोस्
म खुट्टाले हिंड्न सक्छु
खुट्टा नहोऊन्
म टाउकोले हिँड्न सक्छु
हिम्मतले पहाड लत्रीएको देखेको छु
हिम्मत हार्ने मान्छे मलाई स्वीकार्य छैन
म हिम्मत हार्ने मान्छे होइन
काटिऊन् खुट्टाहरु
छातीले हिँडिरहन्छु
हिँडिरहन्छु ।