भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मुर्दाबादै मुर्दाबाद / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

15:39, 27 मार्च 2018 के समय का अवतरण


जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद
खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद
पर्सि/निकोर्सि मुर्दाबाद
जाँच सकिएपछि मुर्दाबाद
अहिले अल्छि लागिरहेछ
चौकबाट हावा खाएर आएपछि मुर्दाबाद
राती हल्ला हुंदैन
राती मात्र मुर्दाबाद !

जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

मेरो हालत यो भइसक्यो
मैले बुझ्नुपर्थ्यो उहिले नै यो कि
जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

अहिले नै गरेनौं भने
पछि तिमी कहिले पनि गर्न सक्दैनौ
तिम्रो मृत्युको खबर
तिम्रै चौकका सदस्यहरुले पनि
पाउने छैनन्
हो, पाउने छैनन् ।

सिगरेटको तलतल लागिरहेछ
एकक्षण चोकतिर जानुपर्ला जस्तो छ
चोकबाट सिगरेट ल्याएपछि मुर्दाबाद
कोठामा 'खुदगर्ज' को गीत छ
एष्ट्रे छैन
छेमाको कोठाबाट एष्ट्रे ल्याएपछि मुर्दाबाद
कोठा मैला छ
कोठा सफा गरेपछि मुर्दाबाद ।

आजै गर
आजै गर
जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

अहिले मुडै छैन मुर्दाबाद
मुड भएको बेला मुर्दाबाद
अहिल्यै गर
जे गर्नुछ अहिल्यै गर
जति
हो जति गर्नुछ अहिल्यै गर ।