भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सभाको भोलिपल्ट / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

10:02, 28 मार्च 2018 के समय का अवतरण


सभामा
विशिष्ट अतिथिहरुका सुआगमन पस्चात
माल्यार्पण गरिए तस्बीरमा ।

किला ठोकिएका
मुखहरुबाट राष्ट्रीय गीत बजाइए

खिचिरहेका थिए फोटो खिच्नेहरु
लिएरहेका थिए फोटो लिनेहरु
भिडियोका
मान्छेहरु अघि नै हाजिर भइसकेका थिए
र, तिनीहरु पुरा गर्दै रहे
अति कुशलतापूर्बक आफ्ना कार्यभार
मन्त्रीजीबाट
सार्बभौमिकता, राष्ट्रीयता

जनताप्रतिको आफ्नो असिम उत्तरदायित्व
मनमोहकशैलीमा उदघाटित गरिए ।

सभाको भोलिपल्ट
एउटा मान्छेले
एक पेट भात माग्यो मन्त्रीजिसंग
मन्त्रीजिले सत्तालाई देखाए
सत्ताले
अञ्चलाधीशलाई देखायो
अञ्चलाधिशले थानालाई देखायो
थानाले प्रहरीलाई देखायो
प्रहरीले छेउको बन्दुकलाई देखायो
थकित भएर
उसले बन्दुकको अँध्यारो प्वालतिर हेर्‍यो
सत्यनास भो !
बन्दुकले उसलाई थुकेर गयो !