भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सर्पनी / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

10:03, 28 मार्च 2018 के समय का अवतरण


ठिकै भयो
ढुँगा हानेर ठिक भयो
ढुँगा हान्नै पर्थ्यो
हानीयो
ठिक भयो
सर्पनी र त्यसको बिषालु बच्चा मारिनुपर्थ्यो
मारिएन बेठिक भयो
मार्न सकिएन
कमजोरी भयो
लौरीले ठोक्दाठोक्दै सर्पनी दुलोभित्र पसिगई
दुलो बुच्याउन सकिएन
अदुरदर्शिता भयो
सर्पिनी नर्कलोक जान योग्य थिईन्
उठाएर राक्षसहरुले लान सकेनन्
दाह्रा उखेलेर के हुन्छ
त्यो फेरि पलाउन सक्छ
के गर्ने !
पैसाको अभाब
मृत्युलाई सापटी दिनै सकिएन
सर्पनीलाई मृत्युले आफ्नो बेडरुममा बोलाउनै सकेन
खैर, केहि छैन
तर्साउनुपर्थ्यो
तर्साउन सकिएन
ढुँगा हान्नैपर्थ्यो
हानियो
ठिक भयो
बेस भयो ।