भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मृत्युहरू / विप्लव ढकाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विप्लव ढकाल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:13, 18 अप्रैल 2018 के समय का अवतरण


पार्कमा बसेर
घाम तप्दै
रूँदै
बदाम खाँदै
मरिरहेको छ
तिम्रो कायर बाबु !
सोध उसलाई
ऊ किन जुलुसमा जाँदैन ?

जंगलमा
घाँस र दाउराको भारी
उठाउन नसकी
गोबरमा मुख जोतेर
मरिरहेकी छ
तिम्री वृद्ध र रोगी आमा !
सोध उसलाई
ऊ किन सडकमा आउँदिन ?

साँढेजस्तो
तिम्रो भुसतिघ्रे भाइ
जाँघभित्र जिब्रो राखेर
थुतुनाले
भुत्लाहरू पन्छाउँदै
मरिरहेको छ !
सोध उसलाई
ऊ किन ब्युँझन चाहँदैन ?

पुतलीजस्ती
तिम्री तरूनी बहिनी
रातदिन
आफ्नो छाती, चाक
नाइटो र तिघ्राहरू
सुमसुम्याउँदै मरिरहेकी छ !
सोध उसलाई
ऊ किन बाँच्न चाहँदिन ?

परिवारका
सबै सदस्यहरू
आआफ्नै शैलीमा
मरिरहेछन् !
र सडकमा
बन्दुकको अगाडि उभिएर
राज्यसँग निहुँ खोज्दै छौ ?