भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"राज्यसँग एकालाप / विप्लव ढकाल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विप्लव ढकाल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:16, 18 अप्रैल 2018 के समय का अवतरण


तिम्रो तिर्खा मेटाउन
मैले आफ्नो रगत दिएँ

तिम्रो नग्नता ढाक्न
मैले आफ्नो छाला दिएँ

तिमी भोकाएको बेला
मैले शरीरको मासु दिएँ

तिमीलाई अमर राख्न
मैले मेरो इतिहास दिएँ..

मेरो रगत,छाला, मासु र इतिहास
कहाँ फाल्यौ तिमीले?

कहाँ फाल्यौ र आज फेरि किन
मेरो छोराको अगाडि
तिमी यसरी नाङ्गै
र खाली हात उभिएका छौ?

मलाई अज्ञात सहिद बनाउने राज्य,
म यो प्रश्न तिमीलाई सोधिरहेछु ।