भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"वलिरहूँ म बलिरहूँ / माधवलाल कर्माचार्य" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= माधवलाल कर्माचार्य |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 22: | पंक्ति 22: | ||
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! | भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! | ||
− | ( | + | (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको) |
+ | |||
</poem> | </poem> |
20:11, 9 जुलाई 2018 के समय का अवतरण
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,
गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
छुट्टिने कालो विदाको मन्द हाँसो झैं बलूँ,
तिमिरको साम्राज्य बिचमा अडिरहू म अडिरहँ,
अमर कै सन्देश बन्दै चम्किरहूँ म चम्किरहू !
भ्रान्त यात्री मार्ग देखुन्, बढून्, पाउन सर्सरी,
बाँच्नलाई आश, पाउन् जिन्दगी यात्रा भरी,
तुच्छताको याद छाडी बलिरहूँ म बलिरहूँ !
हुरी आई हरहराऔस् बाँचिरहूँ बाँचिरहूँ,
भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)