भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिम्रो संसार !!! / जनार्दन सम" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= जनार्दन सम |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 29: पंक्ति 29:
 
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!!
 
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!!
  
('पद्य-संग्रह' बाट)
+
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
  
 
</poem>
 
</poem>

20:22, 9 जुलाई 2018 का अवतरण


ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!!
यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्‍यौ,
रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ,
आफ्नै घरबार परिवारलाई भत्कायौ मार्‍यो बिगार्‍यौ ।
यो बालक्रीडा जस्तो या उन्मत्तको काम जस्तो हेरें तिम्रो संसार !!
सुख सम्पत्ति सौन्दर्यले पल्काउंछौ, दुःख उमाल्न, त्यो सँधै दिंदैनौ ।
मान्छेको रगत मान्छेले चुस्छन्, खेल्छन् रगतको होरी आफसमा तिमी हेर्दैनौ ।
हरिकङ्गवल कराउँछ, रुन्छे अबला, रोगी चिच्याउँछ, त्यो निनाद तिमी सुन्दैनौ ।
यो शिरमा दुःख आँसु आँखामा, सुस्केरा अोठमा मुटुमा "ढुक ढु्क"
कर्मीको बच्चाले जस्तो कस्तो कथा पुतली बनायौ, भोगें तिम्रो संसार !!!
कि संसारको कर्मी, म होइन भन तिम्रो बदनाम नहोला ।
कि संसारलाई नित्य स्वर्ग बनाऊ तिम्रो नाम होला ।
यदि उद्योग नगरी, तिम्रै भरपरी, मानव समाज वनवासी होला ।
प्रकृति विरुद्ध लड्ने शस्त्र नरची, वैज्ञानिक चूप रहला त,
वगत्‌को झन् कस्तो चित्र हुँदो होला ।
बनाउँछौं जे त्यो बिगार्न, अनि जन्माउँछौं जो त्यो मार्न
यो तिम्रो छल हो या भूल अथवा खेल कि त उन्माद नै हो ।
नजान्नेले बनाएजस्तो -
अनित्य क्षणिक यो सब जाने बुझें तिम्रो संसार !!!

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)