भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"भाग्य पर्‍यो चिरा / उषा शेरचन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=उषा शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatGeet...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

08:38, 13 जुलाई 2018 के समय का अवतरण


यता पर्‍यो मायाको घर उता पर्‍यो हीरा
दुबैैलाई टिप्न खोज्दा भाग्य पर्‍यो चिरा

कहिले जान्छ घरमा पहिरो
कहिले जान्छ मनमा मेरो
सधैं घाउ दुखिरहन्छ कलेजीको छेउमा
आँखा चिम्ली बस्न खोज्दा चल्छ मुटुमा छुरा
दुबैैलाई टिप्न खोज्दा भाग्य चिरा

कहिले आँउछ खेतमा बाढी
कहिले आउँछ तनमा मेरो
सधैं रुझिरहन्छु आफ्नै अभिशापकोे भेलमा
कहि सक्नु छैन राजै छाती भित्र कुरा
दुबैैलाई टिप्न खोज्दा भाग्य पर्‍यो चिरा