भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"जब जब आउँछ आँखा सामु / किरण खरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:35, 30 जुलाई 2018 के समय का अवतरण


जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू
केही भुल गरेझैँ लाग्छ मलाई
केही पाप गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २

मैले तिमीलाई माया गरे तिमीले अचानक आशु बगायौ
आफ्नै ठानी आशु पुछे तिमीले के के अर्थ लगायौ
मेरो पूजाले मूर्ती रुवाउँछ भने
अपराध गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २

तिम्रो प्रगति तिम्रो खुसी तिम्रो विजय हेर्न म आए
आफ्ना सारा माया बाली तिमीलाई ज्योति छर्न म आए
मेरो बत्तीले धोखा दिन्छ भने
अन्याय गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २