भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"अभिनय / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
22:36, 24 नवम्बर 2019 के समय का अवतरण
मुटुले बेरेर जीवनलाई
सपनाभरि जीवन बाँची हेरें
जीवनभरि सपना बाँची हेरें ।
अलग्गिएर जीवनसँग
अभिनय जीवनभरको ।
जीवन अभिनय बनाएर
सपना बाँचे मैले
वा
सपनालाई बेरेर मुटुले
जीवन बाँचे मैले ?
निर्दिष्ट भैदिए
काल यो जीवनको
सपना बाँचेर जीवन साँच्न हुन्थ्यो ।
दौडादौड पलपलको यो
पलपलबाट भागेर
पलपललाई भेट्टाउन
जीवन बाँचेर सपना साँच्नलाई
वा हुनसक्छ, सपना बाँचेर जीवन जोगाउनलाई।
जीवनभरिको अभिनय
जीवनसँग टाँसिएर जीवनभर
जीवन भेट्टाउन ।
बेरेर मुटुले आलिङ्गनमा
छोएर मायाले चुम्बनमा
धोएर आँखाले आँशुमा
एउटा सपना जीवन जस्तो
एउटा जीवन सपना जस्तो ।
मुछिएर सपना र जीवन
अभिनय गर्न लगाउँछ
भीडभरि
धर्तीभरि र
समयभरि ।