"अंश / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | लिएको पनि यही हो | ||
+ | दिने पनि यही हो | ||
+ | अंशमा लैजानू यी सबैसबै... | ||
− | |||
दुम्सीले माडेको फापरबारी | दुम्सीले माडेको फापरबारी | ||
− | बाँदर | + | बाँदर लाग्ने मकैबारी । |
− | + | ||
− | + | पछ्यौरीमा पोको पारेको कोदाको बीउ | |
− | आँगनको कुखुराको खोर | + | थाममा झुन्ड्याएका खुँगी र बल्छी |
+ | आँगनको कुनाको कुखुराको खोर | ||
बुन्दाबुन्दै छोडेको डोको | बुन्दाबुन्दै छोडेको डोको | ||
एकमुठी सुकेका चोया | एकमुठी सुकेका चोया | ||
− | + | रित्ता कीला–दाम्ला । | |
− | + | ||
− | रित्ता | + | |
− | + | घरपर्तिरको खहरे | |
भूतले तर्साउने खोल्सो | भूतले तर्साउने खोल्सो | ||
+ | लैजानू खेतमाथि बग्ने बाढी । | ||
+ | |||
लाहुरे हजुरबाले कमाएको भित्तेघडी | लाहुरे हजुरबाले कमाएको भित्तेघडी | ||
− | हजुरआमाले | + | हजुरआमाले सिन्दुर–टीका गर्ने बट्टे ऐना |
बाँसको काइँयो | बाँसको काइँयो | ||
+ | लैजानू गोल्चे लगाएको सन्दुसमा | ||
+ | पुर्खौंदेखि लुकाएका अभाव । | ||
+ | |||
+ | वर्षौंदेखि बगाएको पसिना | ||
+ | छानामाथि फैलने रहरजस्ता बादलका टुक्रा | ||
+ | जिजु–जिजुमाको आत्मा बास बसेको आँपको रुख | ||
+ | बा–आमाले आगो ताप्ताताप्तै निभेको चिसो अँगेनो | ||
+ | पानी झर्दाझर्दै धारो जमेर भरिन नपाएका गाग्री | ||
+ | खडेरीले खाएपछि काँक्रा–फर्सी बेरिन नपाएका थाङ्ग्रा | ||
+ | उठाएर लैजानू पानी नतर्ने घरको धुरी पनि । | ||
− | + | करेसाको घामफूल | |
− | + | बार्दलीको सयपत्री र मखमली माला | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | सयपत्री र मखमली माला | + | |
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा | अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा | ||
− | सोली | + | सोली, फिपी, खुर्पा र कोदाली |
− | खुर्पा र कोदाली | + | लैजानू हिँड्दाहिँड्दै थाकेको गल्ली । |
− | + | ||
− | |||
− | |||
मैले लिएको पनि यही हो | मैले लिएको पनि यही हो | ||
मैले दिने पनि यही हो | मैले दिने पनि यही हो | ||
− | अंश | + | अंश लैजानू यी सबैसबै... |
− | यी | + | |
+ | मेरा निम्ति छोडिदिनू पुर्खाले आर्जेको दुःख | ||
+ | छोडिदिनू यी सबैप्रतिको मेरो प्रेम ! | ||
</poem> | </poem> |
19:20, 16 अप्रैल 2020 के समय का अवतरण
लिएको पनि यही हो
दिने पनि यही हो
अंशमा लैजानू यी सबैसबै...
दुम्सीले माडेको फापरबारी
बाँदर लाग्ने मकैबारी ।
पछ्यौरीमा पोको पारेको कोदाको बीउ
थाममा झुन्ड्याएका खुँगी र बल्छी
आँगनको कुनाको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
रित्ता कीला–दाम्ला ।
घरपर्तिरको खहरे
भूतले तर्साउने खोल्सो
लैजानू खेतमाथि बग्ने बाढी ।
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर–टीका गर्ने बट्टे ऐना
बाँसको काइँयो
लैजानू गोल्चे लगाएको सन्दुसमा
पुर्खौंदेखि लुकाएका अभाव ।
वर्षौंदेखि बगाएको पसिना
छानामाथि फैलने रहरजस्ता बादलका टुक्रा
जिजु–जिजुमाको आत्मा बास बसेको आँपको रुख
बा–आमाले आगो ताप्ताताप्तै निभेको चिसो अँगेनो
पानी झर्दाझर्दै धारो जमेर भरिन नपाएका गाग्री
खडेरीले खाएपछि काँक्रा–फर्सी बेरिन नपाएका थाङ्ग्रा
उठाएर लैजानू पानी नतर्ने घरको धुरी पनि ।
करेसाको घामफूल
बार्दलीको सयपत्री र मखमली माला
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली, फिपी, खुर्पा र कोदाली
लैजानू हिँड्दाहिँड्दै थाकेको गल्ली ।
मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानू यी सबैसबै...
मेरा निम्ति छोडिदिनू पुर्खाले आर्जेको दुःख
छोडिदिनू यी सबैप्रतिको मेरो प्रेम !