भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"साचिको सान / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 15: पंक्ति 15:
 
के विधि फुलेकी तिमी  
 
के विधि फुलेकी तिमी  
 
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू  
 
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू  
साँच्चिको सान !  
+
साचिको सान !  
 
मलाई जान्न मन लागेथ्यो,   
 
मलाई जान्न मन लागेथ्यो,   
 
तिम्रो नामको अर्थ !  
 
तिम्रो नामको अर्थ !  
पंक्ति 35: पंक्ति 35:
 
वात्सल्यका अभेद्य कुरा गर्‍यौ  
 
वात्सल्यका अभेद्य कुरा गर्‍यौ  
 
कहाँ हुँदो हो ममताको सीमा !
 
कहाँ हुँदो हो ममताको सीमा !
अन्तहीन ममताले भिजाएर मन   
+
अन्त्यहीन ममताले भिजाएर मन   
 
सृष्टिलाई सम्मान गर्‍यौ   
 
सृष्टिलाई सम्मान गर्‍यौ   
 
माया गर्‍यौ,   
 
माया गर्‍यौ,   
पंक्ति 48: पंक्ति 48:
 
एकैचोटि ।
 
एकैचोटि ।
 
   
 
   
साँच्चिको सान !  
+
साचिको सान !  
 
भन त   
 
भन त   
 
त्यो दिन तिमी  
 
त्यो दिन तिमी  

17:49, 18 अप्रैल 2020 के समय का अवतरण

साकुरा र शिरिषको जम्काभेटजस्तै
तिम्रो र मेरो भेट
एकदिन
अनायासै भयो ।
 
के विधि फुलेकी तिमी
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू
साचिको सान !
मलाई जान्न मन लागेथ्यो,
तिम्रो नामको अर्थ !
 
तिमी शब्दहरूभन्दा
ज्यादा सुन्दर देखिन्थ्यौ
अर्थहरूभन्दा
ज्यादा गम्भीर देखिन्थ्यौ
त्यो दिन
मेरो बुझाइमा तिमी
गुराँसैगुराँस थियौ
साकुरैसाकुरा थियौ
भन त
शब्दले कसरी भर्नसक्छ,
ती मुटुका रङहरूलाई ?
 
चुलबुले छोरीजस्ती तिमीले
त्यो दिन
वात्सल्यका अभेद्य कुरा गर्‍यौ
कहाँ हुँदो हो ममताको सीमा !
अन्त्यहीन ममताले भिजाएर मन
सृष्टिलाई सम्मान गर्‍यौ
माया गर्‍यौ,
सिम्रिक, बुद्ध अर्थात् जीवनलाई ।
  
मेरो तीजमा बेरिएकी तिमी
मीठो कविता भएर
आफ्नो तिहार पर्खिरह्यौ
कसरी ल्याउनसकेको होला,
त्यो तालजस्ता आँखामा
खुसी र उदासी
एकैचोटि ।
 
साचिको सान !
भन त
त्यो दिन तिमी
गुराँस थियौ कि साकुरा ?
 
या तिम्रो अनुभूतिमा
थियो त्यो दिन- ओस्याउगाचु ?