भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"दैव राजी भेट भयो / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

11:11, 3 मई 2020 के समय का अवतरण




 
केटी : लाहुरे दाइले भिरेको
       खुकुरीमा दाग लाग्यो
 
केटा : रातो रुमाल दिउँला कान्छी
       पुछ तिम्रै भाग लाग्यो
 
केटी : शिरैमाथि रातो रुमाल बाँधिराख कसेर
       पुछिदिउँला चौतारीको छायासँगै बसेर
 
दुवै : जोर घडा थापेको छ दैलाको ठेलैमा
      दैव राजी भेट भयो साइतको बेलैमा
 
केटी : आफैँलाई बिर्सिएर
       माया गर्यौय पराईलाई
  
केटा : मेरो शून्य जिन्दगीमा
       खुसी छर्यौू तिमी आई
 
केटी : साँचिराख मायाको चिनो सबै किनेर
       चाँडै लिन आउनू है कामकुरो छिनेर
 
दुवै : झलमल बत्ती बलेको छ दियोको तेलैमा
      दैव राजी भेट भयो साइतको बेलैमा