"पिलो / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किये गये बीच के 3 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
− | |||
ढोका थुनेर छेकिँदैन, | ढोका थुनेर छेकिँदैन, | ||
अलार्म राखेर जोगिँदैन, | अलार्म राखेर जोगिँदैन, | ||
पंक्ति 16: | पंक्ति 14: | ||
र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले। | र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले। | ||
− | मान्छेको पद र | + | मान्छेको पद र प्रतिष्ठालाई टेर्दैन |
डराउँदैन कसैको गफ र धम्कीहरूबाट | डराउँदैन कसैको गफ र धम्कीहरूबाट | ||
हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट | हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट | ||
पंक्ति 26: | पंक्ति 24: | ||
जताततै पिलै देख्छ। | जताततै पिलै देख्छ। | ||
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ। | न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ। | ||
− | + | ||
+ | आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले | ||
चिन्दैन आफ्नै अनुहार, | चिन्दैन आफ्नै अनुहार, | ||
ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ। | ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ। | ||
पंक्ति 34: | पंक्ति 33: | ||
मान्छे बिर्सन्छ | मान्छे बिर्सन्छ | ||
− | उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि | + | उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि छन्, |
बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ। | बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ। | ||
पंक्ति 43: | पंक्ति 42: | ||
चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर | चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर | ||
खेलाउँदैन मान्छे सेलफोनका बटनहरू | खेलाउँदैन मान्छे सेलफोनका बटनहरू | ||
− | + | उसलाई पिलो सुम्सुम्याउनमै आनन्द आउँछ। | |
पिलाले पिरोलेको क्षण | पिलाले पिरोलेको क्षण | ||
मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र | मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र | ||
− | + | आफूलाई रुवाइरहेको शत्रुको | |
उत्तरोत्तर बृद्धिको कामना गर्दछ। | उत्तरोत्तर बृद्धिको कामना गर्दछ। | ||
+ | |||
आएपछि | आएपछि | ||
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर। | पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर। | ||
तर पिलाको जरा मनसम्म पुगेको हुँदैन, | तर पिलाको जरा मनसम्म पुगेको हुँदैन, | ||
− | पिलाको टाउकाले | + | पिलाको टाउकाले मस्तिष्कलाई छोएको हुँदैन, |
त्यसैले धेरै दिन टिक्दैन। | त्यसैले धेरै दिन टिक्दैन। | ||
− | बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ | + | बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ पिलालाई। |
थोरै दिन भए पनि | थोरै दिन भए पनि |
23:39, 8 मई 2020 के समय का अवतरण
ढोका थुनेर छेकिँदैन,
अलार्म राखेर जोगिँदैन,
आउनु छ भने,
कुनै बाटो र पूर्वाभास विनै आउँछ
र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले।
मान्छेको पद र प्रतिष्ठालाई टेर्दैन
डराउँदैन कसैको गफ र धम्कीहरूबाट
हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट
न त उमेर हेर्छ कहिल्यै।
पिलो आएपछि देख्दैन मान्छेले
रुखमा अम्बा पाकेको
देख्दैन कतै गोलभेँडा, ऐँसेलु र लिच्ची,
जताततै पिलै देख्छ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।
आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ।
शरीरमा पिलो लिएर मिटिङ्मा बसेको मान्छेले
बुझ्दैन कुनै एजेन्डा,
पिलो उखेलेर फ्याँक्नु नै सबै एजेन्डाको निर्क्यौल देख्छ।
मान्छे बिर्सन्छ
उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि छन्,
बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ।
पिलो केन्द्रबिन्दु बन्छ
मान्छेका रिस र गालीको,
काम, विचार र सम्पूर्ण सोचको ।
चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर
खेलाउँदैन मान्छे सेलफोनका बटनहरू
उसलाई पिलो सुम्सुम्याउनमै आनन्द आउँछ।
पिलाले पिरोलेको क्षण
मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र
आफूलाई रुवाइरहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ।
आएपछि
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर।
तर पिलाको जरा मनसम्म पुगेको हुँदैन,
पिलाको टाउकाले मस्तिष्कलाई छोएको हुँदैन,
त्यसैले धेरै दिन टिक्दैन।
बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ पिलालाई।
थोरै दिन भए पनि
रहुन्जेल त आखिर यसले
पिलैले दिने दु:ख दिएर छाड्छ !