"पिलो / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 24: | पंक्ति 24: | ||
जताततै पिलै देख्छ। | जताततै पिलै देख्छ। | ||
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ। | न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ। | ||
+ | |||
आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले | आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले | ||
चिन्दैन आफ्नै अनुहार, | चिन्दैन आफ्नै अनुहार, | ||
पंक्ति 47: | पंक्ति 48: | ||
आफूलाई रुवाइरहेको शत्रुको | आफूलाई रुवाइरहेको शत्रुको | ||
उत्तरोत्तर बृद्धिको कामना गर्दछ। | उत्तरोत्तर बृद्धिको कामना गर्दछ। | ||
+ | |||
आएपछि | आएपछि | ||
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर। | पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर। |
23:39, 8 मई 2020 के समय का अवतरण
ढोका थुनेर छेकिँदैन,
अलार्म राखेर जोगिँदैन,
आउनु छ भने,
कुनै बाटो र पूर्वाभास विनै आउँछ
र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले।
मान्छेको पद र प्रतिष्ठालाई टेर्दैन
डराउँदैन कसैको गफ र धम्कीहरूबाट
हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट
न त उमेर हेर्छ कहिल्यै।
पिलो आएपछि देख्दैन मान्छेले
रुखमा अम्बा पाकेको
देख्दैन कतै गोलभेँडा, ऐँसेलु र लिच्ची,
जताततै पिलै देख्छ।
न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।
आफूलाई एकरत्ती मन नपरेको पिलालाई बोकिहिँड्नुपरेको मान्छेले
चिन्दैन आफ्नै अनुहार,
ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ।
शरीरमा पिलो लिएर मिटिङ्मा बसेको मान्छेले
बुझ्दैन कुनै एजेन्डा,
पिलो उखेलेर फ्याँक्नु नै सबै एजेन्डाको निर्क्यौल देख्छ।
मान्छे बिर्सन्छ
उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि छन्,
बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ।
पिलो केन्द्रबिन्दु बन्छ
मान्छेका रिस र गालीको,
काम, विचार र सम्पूर्ण सोचको ।
चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर
खेलाउँदैन मान्छे सेलफोनका बटनहरू
उसलाई पिलो सुम्सुम्याउनमै आनन्द आउँछ।
पिलाले पिरोलेको क्षण
मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र
आफूलाई रुवाइरहेको शत्रुको
उत्तरोत्तर बृद्धिको कामना गर्दछ।
आएपछि
पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर।
तर पिलाको जरा मनसम्म पुगेको हुँदैन,
पिलाको टाउकाले मस्तिष्कलाई छोएको हुँदैन,
त्यसैले धेरै दिन टिक्दैन।
बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ पिलालाई।
थोरै दिन भए पनि
रहुन्जेल त आखिर यसले
पिलैले दिने दु:ख दिएर छाड्छ !