"बिदा हुन्नँ / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
मोह भयो यी मनहरू र यो माटाको | मोह भयो यी मनहरू र यो माटाको | ||
यी घर, यी भित्ताहरू र बाटाको। | यी घर, यी भित्ताहरू र बाटाको। | ||
− | समयको एउटा | + | समयको एउटा अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै |
− | आँखाहरूमा केही सपनाहरू पनि | + | आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन् |
− | मनमा केही मनहरू पनि | + | मनमा केही मनहरू पनि पसिसकेछन्। |
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र! | जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र! | ||
पंक्ति 23: | पंक्ति 22: | ||
फेरि कहिले होला यस्तो समय? | फेरि कहिले होला यस्तो समय? | ||
− | फेरि कहाँ | + | फेरि कहाँ देखिएलान् यी मुहारहरू? |
− | फेरि कहाँ | + | फेरि कहाँ भेटिएलान् यी मनहरू? |
यस्तो सामीप्यको मालाभित्र | यस्तो सामीप्यको मालाभित्र | ||
− | फेरि कहाँ | + | फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू? |
− | + | ||
− | यी मायाहरू फेरि कुन तलाउ | + | उफ् ! |
− | यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ | + | यी मायाहरू फेरि कुन तलाउ तर्लान्? |
− | विश्वासका यी पहाडहरू कहाँकहाँ | + | यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्? |
+ | विश्वासका यी पहाडहरू कहाँकहाँ अड्लान्! | ||
− | आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म | + | आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ? |
− | र यसरी सुटुक्क लुकाउन | + | र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन |
नभाँच्चिने गरी, | नभाँच्चिने गरी, | ||
जसरी लुकाउँछ चराले गुँडमा फुल। | जसरी लुकाउँछ चराले गुँडमा फुल। | ||
पंक्ति 41: | पंक्ति 41: | ||
तर्दिनँ यी कुलेसाहरू पनि! | तर्दिनँ यी कुलेसाहरू पनि! | ||
आफू सिङ्गै अटाउने | आफू सिङ्गै अटाउने | ||
− | यी | + | यी हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म। |
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर, | साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर, | ||
पंक्ति 47: | पंक्ति 47: | ||
हुन्नँ बिदा म यहाँबाट कहिल्यै। | हुन्नँ बिदा म यहाँबाट कहिल्यै। | ||
− | यो | + | यो शरीरलाई त मैले तर, |
जसरी भए पनि पठाउनै छ। | जसरी भए पनि पठाउनै छ। | ||
</poem> | </poem> |
23:52, 8 मई 2020 के समय का अवतरण
मोह भयो यी मनहरू र यो माटाको
यी घर, यी भित्ताहरू र बाटाको।
समयको एउटा अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्
मनमा केही मनहरू पनि पसिसकेछन्।
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
मनले जे छोयो, त्यही हो छोएको
मनले जे भोग्यो, त्यही हो भोगेको
जेमा बाँच्यो मन त्यही हो बाँचेको।
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान् यी मुहारहरू?
फेरि कहाँ भेटिएलान् यी मनहरू?
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू?
उफ् !
यी मायाहरू फेरि कुन तलाउ तर्लान्?
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्?
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्लान्!
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ?
र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन
नभाँच्चिने गरी,
जसरी लुकाउँछ चराले गुँडमा फुल।
म त जान्नँ कहीँ यहाँबाट,
छोडेर यी मनभन्दा धेरै मायाहरू।
तर्दिनँ यी कुलेसाहरू पनि!
आफू सिङ्गै अटाउने
यी हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म।
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
बसिरहन्छु सँधै यिनै मनहरूमा टाँसिएर।
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
यो शरीरलाई त मैले तर,
जसरी भए पनि पठाउनै छ।