भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"विपर्यास / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(' {{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किये गये बीच के 2 अवतरण नहीं दर्शाए गए)
पंक्ति 1: पंक्ति 1:
 
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
 
|रचनाकार=सुमन पोखरेल
 
|रचनाकार=सुमन पोखरेल
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट
+
|संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
जलिरहेछ मानिसको सौन्दर्य,  
 
जलिरहेछ मानिसको सौन्दर्य,  
 
उसकै भ्रमित वर्चस्व र स्वार्थी अनुहारमा,
 
उसकै भ्रमित वर्चस्व र स्वार्थी अनुहारमा,
पंक्ति 15: पंक्ति 14:
 
   
 
   
 
उज्यालो उदाउन सकेन स्वतन्त्र नागरिकको बस्तीमा कहिल्यै
 
उज्यालो उदाउन सकेन स्वतन्त्र नागरिकको बस्तीमा कहिल्यै
अस्ताउन दिएन कालो बारुदी धुवाँलार्इ बेथितीको मुस्लाले।
+
अस्ताउन दिएन कालो बारुदी धुवाँलाई बेथितीको मुस्लाले।
 
   
 
   
 
सौन्दर्यको गीत लेख्ने एक जमात हातहरू
 
सौन्दर्यको गीत लेख्ने एक जमात हातहरू
विसङ्गतिका फेहरिस्तहरूमा खियाइरहेछन्‍ औँलाहरूलार्इ
+
विसङ्गतिका फेहरिस्तहरूमा खियाइरहेछन् औँलाहरूलाई
भग्न कलमका टुक्राहरूबाट उच्छिट्याइरहेछन्‍ शान्त विद्रोहहरू
+
भग्न कलमका टुक्राहरूबाट उच्छिट्याइरहेछन् शान्त विद्रोहहरू
जोडिरहेछन्‍ भत्किएका मनहरूलार्इ मोर्चाहरूमा,  
+
जोडिरहेछन् भत्किएका मनहरूलाई मोर्चाहरूमा,  
भाग्दै गरेका संवेदनलार्इ अक्षरहरूमा उनेर।
+
भाग्दै गरेका संवेदनलाई अक्षरहरूमा उनेर।
हेरिरहेछन्‍ भीडभन्दा बाहिर उभिएर निरन्तर  
+
 
 +
हेरिरहेछन् भीडभन्दा बाहिर उभिएर निरन्तर  
 
आफ्नो अस्तित्व फलाउनुपर्ने धर्तीमाथि मडारिइरहेका  
 
आफ्नो अस्तित्व फलाउनुपर्ने धर्तीमाथि मडारिइरहेका  
 
टाउको बन्धक राखेका नर्तकहरू
 
टाउको बन्धक राखेका नर्तकहरू
 
र तेस्रो दर्जाका ठट्टाजस्ता तिनका बेढङ्गी नाङ्गा नाचहरू।
 
र तेस्रो दर्जाका ठट्टाजस्ता तिनका बेढङ्गी नाङ्गा नाचहरू।
 
   
 
   
लामबद्ध भएर घोत्लिरहेछन्‍ एक्लैएक्लै  
+
लामबद्ध भएर घोत्लिरहेछन् एक्लैएक्लै  
र चुपचाप देखाइरहेछन्‍ आफ्ना संवेदनशील अङ्गहरू
+
र चुपचाप देखाइरहेछन् आफ्ना संवेदनशील अङ्गहरू
 
बन्दुकहरूका आदेशमा हात उठाएर।
 
बन्दुकहरूका आदेशमा हात उठाएर।
 
   
 
   
सहिरहेछन्‍ मुट छिचोलेर निस्किरहेका  
+
सहिरहेछन् मुट छिचोलेर निस्किरहेका  
 
हतियारभन्दा ज्यादा रोपिने अपमानका घातहरू।
 
हतियारभन्दा ज्यादा रोपिने अपमानका घातहरू।
निशब्द उठाइरहेछन्‍ आफ्नै लासहरू
+
निशब्द उठाइरहेछन् आफ्नै लासहरू
जलाइरहेछन्‍ आफ्ना स्वाभिमानहरू।
+
जलाइरहेछन् आफ्ना स्वाभिमानहरू।
 
   
 
   
 
के सबै सिर्जना यस्तै हुन्छन् ?
 
के सबै सिर्जना यस्तै हुन्छन् ?
 
के सबै सर्जकहरू  
 
के सबै सर्जकहरू  
 
मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन् ?
 
मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन् ?
 
 
</poem>
 
</poem>

21:06, 22 मई 2020 के समय का अवतरण

जलिरहेछ मानिसको सौन्दर्य,
उसकै भ्रमित वर्चस्व र स्वार्थी अनुहारमा,
थपिइरहेछ मनहरूमा कोलाहल
भरिइरहेछ विचारहरूमा विद्रोह।
 
उज्यालो उदाउन सकेन स्वतन्त्र नागरिकको बस्तीमा कहिल्यै
अस्ताउन दिएन कालो बारुदी धुवाँलाई बेथितीको मुस्लाले।
 
सौन्दर्यको गीत लेख्ने एक जमात हातहरू
विसङ्गतिका फेहरिस्तहरूमा खियाइरहेछन् औँलाहरूलाई
भग्न कलमका टुक्राहरूबाट उच्छिट्याइरहेछन् शान्त विद्रोहहरू
जोडिरहेछन् भत्किएका मनहरूलाई मोर्चाहरूमा,
भाग्दै गरेका संवेदनलाई अक्षरहरूमा उनेर।

हेरिरहेछन् भीडभन्दा बाहिर उभिएर निरन्तर
आफ्नो अस्तित्व फलाउनुपर्ने धर्तीमाथि मडारिइरहेका
टाउको बन्धक राखेका नर्तकहरू
र तेस्रो दर्जाका ठट्टाजस्ता तिनका बेढङ्गी नाङ्गा नाचहरू।
 
लामबद्ध भएर घोत्लिरहेछन् एक्लैएक्लै
र चुपचाप देखाइरहेछन् आफ्ना संवेदनशील अङ्गहरू
बन्दुकहरूका आदेशमा हात उठाएर।
 
सहिरहेछन् मुट छिचोलेर निस्किरहेका
हतियारभन्दा ज्यादा रोपिने अपमानका घातहरू।
निशब्द उठाइरहेछन् आफ्नै लासहरू
र जलाइरहेछन् आफ्ना स्वाभिमानहरू।
 
के सबै सिर्जना यस्तै हुन्छन् ?
के सबै सर्जकहरू
मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन् ?