भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जिजीविषा / सुमन पोखरेल

37 bytes removed, 15:47, 22 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 
नदीजस्तै बगिरहने अम्मल बोकेर
जीवन आफैँबाट सँधै भागिरह्यो।
छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए
संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले पनि
साना ठूला भनेर छुट्याएनन्‍छुट्याएनन्, थप्पड हानेर खेदिरहे जुनसुकै सपनालार्इ।सपनालाई।
रातहरू मनभित्रबाट चिसो भएर निस्किरहे,
सामर्थ्य घरिघरि निस्किएर भाग्न खोजिरह्यो सुस्केरासँगै।
जिन्दगीले बाँचुन्जेल खोजिरह्यो आफूलार्इ आफूलाई अड्याउने आड। 
नियतिले जीवनको छेवैबाट हाँसो चोरेर दौडियो।
मनको उज्यालो डुब्दै गरेको हेरेर
चिने नचिनेका समयहरू ठोक्किइरहे आकाङ्‍क्षासँग
र टुक्य्राएर लत्यार्इ लत्याई भागे।दृश्य-अदृश्य रङ्गहरूले लत्पत्याइरहे साँझ, बिहान र दिनहरूलार्इदिनहरूलाई
र अलमल्याइरहे बाटो।
आकाङ्‍क्षाको लास मात्र बोकेर हिँड्‍नुको अम्मल पनि।
र्इश्वर ईश्वर ज्यूँदो छ वा छैन सरोकार रहेन।
जेसुकै भए पनि
मेरानिम्ति आजसम्म
जीवन नै सर्वाधिक प्रिय भएर रहेको छ।
</poem>
Mover, Reupload, Uploader
10,426
edits