"ब्राह्मण वर्ग का विषयमा / उमानाथ शर्मा पोख्रेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमानाथ शर्मा पोख्रेल |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=उमानाथ शर्मा पोख्रेल | |रचनाकार=उमानाथ शर्मा पोख्रेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= मनुष्य | + | |संग्रह= मनुष्य कर्तव्य / उमानाथ शर्मा पोख्रेल |
}} | }} | ||
{{KKCatKavita}} | {{KKCatKavita}} |
09:38, 27 मई 2020 के समय का अवतरण
भूदेव यो अति पवित्र लियेर नाम ।
हामी अहो ! किन भयौं यसरी विकास ।।
खाली प्रतिग्रह बटुल्न हतार गर्दै ।
फाली सक्यौ सकल जीवन दङ्ग पर्दै ।।१३२।।
हे बन्धुवर्ग र पुरोहित जी समस्त ! ।
के चाल हो ? भनकुरा मनको खुलस्त ? ।।
हे सत्पुराण पटु-पण्डितजी वयस्य ! ।
के ? शास्त्रको लिनु भयो गतिलो रहस्य ।।१३३।।
धावा अनेक गरि जे जति नै थुपारौं ।
चाहे प्रपञ्च व्यवहा सबै सपारौं ।।
सन्तोष मिल्दछ न ता न त जान्छ साथ ।
व्यर्थै यसै विषयमा किन फोर्नु माथ ।।१३४।।
गर्दै रहौं सकल काम पनि परे को ।
किन्तु प्रधान सम्झौं नतिजा भरे को ।।
यो स्थूल देह कन पर्दछ खान लाई ।
चाहिन्छ सामल उतापनि लान लाई ।।१३५।।
तृष्णा र लोभ छल यी सवलाई मारी ।
सन्तोष साथ व्यवहार गरौं विचारी ।
श्रद्धा लियेर शिवनाम भजौं रमाई।
हो यो दिगो सुखदिन् उभयत्र लाई ।।१३६।।
विश्वास मान भज आस्तिकता न छोड ।
यो मूर्खता अव न लेउ घमण्ड तोड ।।
पर्नेछ हस्स हुन नत्र परिन्छ फेला।
यो याद राख सखि हो ! न चुकाउ बेला ।।१३७।।
हे मित्र मोहमय यो निद वाट जागौं ।
बाधौं कछाड अब उन्नति तर्फ लागौं ।।
चैतन्य जन्मकन पाई बनेर अल्छी ।
आफैं बनाउँ किन नाशिनलाई वल्छी ।।१३८।।