भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"विछोड / देवान किराती" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 27: | पंक्ति 27: | ||
सम्झन्छु– हामी एक अर्कामा प्रेम गथ्र्यौँ, अगाध । | सम्झन्छु– हामी एक अर्कामा प्रेम गथ्र्यौँ, अगाध । | ||
− | तर कहाँ गल्ती | + | तर कहाँ गल्ती गर्यौँ हामीले |
यति असम्भव ? अनौठो ! | यति असम्भव ? अनौठो ! | ||
तिमी फर्कँदै गरेको | तिमी फर्कँदै गरेको |
09:26, 19 जून 2020 के समय का अवतरण
तिमी यता आउँदै गरेको
र म उतै जाँदै गरेको
बीचबाटामा भेट हुनुपर्ने हो
तर कसरी
हामी फेरि कुनै बिन्दुमा ठोकिएनौँ ?
थाहै भएन हामी कुन बिन्दुमा क्रस भएछौँ
परऽऽऽऽऽ पुगेर फर्किहेर्दा
तिमी धारे हात लाउँदै थियौ
मैतिर फर्किएर ।
आज तिमीलाई सम्झँदा पनि
धैरै कुराको सम्झना गर्छु
भइरहेको जिन्दगी
छाडिराखेको जिन्दगी
आउँदै गरेको जिन्दगी
उफ् ! सास्ती हुन्छ ।
सम्झन्छु– हामी एक अर्कामा प्रेम गथ्र्यौँ, अगाध ।
तर कहाँ गल्ती गर्यौँ हामीले
यति असम्भव ? अनौठो !
तिमी फर्कँदै गरेको
र म जाँदै गरेको
त्यो एउटै बाटोमा
हामी फेरि कुन बिन्दुमा क्रस भएछौँ ?
हामी फेरि कुनै बिन्दुमा ठोकिएनौँ ।