"अमिबा बिचार / सुदीप पाख्रिन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रीन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किये गये बीच के 3 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार=सुदीप | + | |रचनाकार=सुदीप पाख्रिन |
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह= आदिम मौनता / सुदीप पाख्रिन |
}} | }} | ||
{{KKCatKavita}} | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
निराशाहरुको | निराशाहरुको | ||
− | थिलियम | + | थिलियम<ref>मन्द बिष </ref> पिएर बाँचिरहेका — हामी |
प्रायश: | प्रायश: | ||
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं | संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं | ||
पंक्ति 23: | पंक्ति 24: | ||
हरेक मौसमलाई | हरेक मौसमलाई | ||
जाडोको मौसम ठानी | जाडोको मौसम ठानी | ||
− | + | गड्यौंलाझैं मस्त शीत-निंद्रामा हुन्छन् | |
हामी | हामी | ||
नीलो तापभित्रका मूक आवाजहरु | नीलो तापभित्रका मूक आवाजहरु | ||
पंक्ति 30: | पंक्ति 31: | ||
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु । | इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु । | ||
कुनै प्रतिकृयाहरु जन्मदैनन् | कुनै प्रतिकृयाहरु जन्मदैनन् | ||
− | — रोबोट अनुहारहरुमा | + | — रोबोट अनुहारहरुमा |
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान | मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान | ||
− | र, भट्याउँछन् — कृतिम | + | र, भट्याउँछन् — कृतिम 'रेकर्डेड' शब्दहरु |
हामीहरु | हामीहरु | ||
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं | संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं | ||
− | — लौह मानवहरुका आँखाहरुमा | + | — लौह मानवहरुका आँखाहरुमा |
चकित हेरिरहेछौं | चकित हेरिरहेछौं | ||
− | अमिबा | + | अमिबा<ref>माइस्क्रोस्कोपको सहायताले मात्रै देखिने सुक्ष्म जीवाणु, जसको कुनै निश्चित आकार हुदैन र आकार बद्लिरहन्छ ।</ref>-बिचारहरुका आकृतिहरु |
जो | जो | ||
प्रतिपल | प्रतिपल | ||
पंक्ति 49: | पंक्ति 50: | ||
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ? | किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ? | ||
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ?? | किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ?? | ||
− | |||
− | |||
− | |||
− | |||
</poem> | </poem> | ||
+ | {{KKMeaning}} |
10:29, 28 जुलाई 2020 के समय का अवतरण
निराशाहरुको
थिलियम<ref>मन्द बिष </ref> पिएर बाँचिरहेका — हामी
प्रायश:
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं
र, खियाइरहेका हुन्छौं पानाहरुमा घोट्दै घोट्दै
जीवन्त मस्तिष्कहरुलाई ।
मस्तिष्कहरु
र पानाहरुको घर्षणको प्रतिफल
उत्पन्न भइरहन्छन् — नीला तापहरु
जो लैजान्छौं
थिलियम पिएर बाँचिरहेका — हामी
उनीहरु समक्षमा ।
उनीहरु
हरेक मौसमलाई
जाडोको मौसम ठानी
गड्यौंलाझैं मस्त शीत-निंद्रामा हुन्छन्
हामी
नीलो तापभित्रका मूक आवाजहरु
नीलो तापभित्रका मौन हरफहरु
चूपचाप दोहोराइरहन्छौं
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु ।
कुनै प्रतिकृयाहरु जन्मदैनन्
— रोबोट अनुहारहरुमा
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान
र, भट्याउँछन् — कृतिम 'रेकर्डेड' शब्दहरु
हामीहरु
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं
— लौह मानवहरुका आँखाहरुमा
चकित हेरिरहेछौं
अमिबा<ref>माइस्क्रोस्कोपको सहायताले मात्रै देखिने सुक्ष्म जीवाणु, जसको कुनै निश्चित आकार हुदैन र आकार बद्लिरहन्छ ।</ref>-बिचारहरुका आकृतिहरु
जो
प्रतिपल
आफ्ना आकारहरु बदल्दै
इतिहासको कालो गुफामा निश्चिन्त प्रवेश गरिरहेका छन् !
इतिहासको अंधकार गुफातिर निर्लज्ज दगुरिरहेका छन् !!
ओ !
अमिबा बिचारहरुका
तथाकथित स्वामीहरु !!
नीला तापहरुको तापक्रममा
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ?
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ??