"भुइँ टेकेर बाँच्नेहरू - ७ / रेमिका थापा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 28: | पंक्ति 28: | ||
खेत-खलिहान, पाखा-भित्ता, लेक - बेसी | खेत-खलिहान, पाखा-भित्ता, लेक - बेसी | ||
जतासुकै जहिलेसुकै | जतासुकै जहिलेसुकै | ||
+ | आँसुको चिसेनी र पसीनाको गन्धले | ||
+ | लतपताइरहेकै हुन्छन्- | ||
+ | कहिले भ्याउनु र | ||
+ | बाजाहरू विज्ञापनले चिटिक्क पर्नु ! | ||
+ | कहिले उभिनु पाउनु म ! | ||
+ | माटोलाई चुमेर लगातार बीउ रोपेको रोपेकै | ||
+ | यतातिर | ||
+ | विराट समूहले नै देश उभाउने बीउ रोपिरहेकै छ | ||
+ | कति अथाह समयदेखि। | ||
+ | |||
+ | घोप्टिएका ती असङ्ख्य नाङ्गो ढाडहरू जोडिएर त | ||
+ | बनेको छ देशको हरियो आँगन ! | ||
+ | |||
+ | म कहिले सुकिलो हुनु पाउनु ? | ||
+ | कहिले सजिलै भन्न पाउनु मैले | ||
+ | रियालिटी शोको रङ्गारङ्ग मञ्चमा उभेर- | ||
+ | 'आइ लभ इण्डिया !' | ||
</Poem> | </Poem> |
22:39, 2 दिसम्बर 2020 के समय का अवतरण
पसीनाहरू अक्षरमा झर्दो हो त
गैह्री खेतको गैह्री पुरिएर सप्पैले देख्ने अग्लो थुम्का
भइसक्ने थियो र अहिले
आफ्नो कथा आफै फटाफट भन्न सक्नेथ्यो ।
इतिहासका पन्नाबाट पुछिएका मेरा
रगतका अक्षरहरू भने
प्राकृतिक-अप्राकृतिक प्रकोपग्रस्त देशको
कुनाकुनामा
त्राणकार्यमा
हरक्षण अस्त-व्यस्त खटिरहेका हुन्छन्।
काँध पिल्सिएका
कपाल खुइलिएका
नचिन्ने बनाइएका
मानव अस्तित्वका
झर्रो - झर्रो अक्षरहरूलाई
फुर्सदै कहाँ
सिनिक्क भइरहनु !
खेत-खलिहान, पाखा-भित्ता, लेक - बेसी
जतासुकै जहिलेसुकै
आँसुको चिसेनी र पसीनाको गन्धले
लतपताइरहेकै हुन्छन्-
कहिले भ्याउनु र
बाजाहरू विज्ञापनले चिटिक्क पर्नु !
कहिले उभिनु पाउनु म !
माटोलाई चुमेर लगातार बीउ रोपेको रोपेकै
यतातिर
विराट समूहले नै देश उभाउने बीउ रोपिरहेकै छ
कति अथाह समयदेखि।
घोप्टिएका ती असङ्ख्य नाङ्गो ढाडहरू जोडिएर त
बनेको छ देशको हरियो आँगन !
म कहिले सुकिलो हुनु पाउनु ?
कहिले सजिलै भन्न पाउनु मैले
रियालिटी शोको रङ्गारङ्ग मञ्चमा उभेर-
'आइ लभ इण्डिया !'