"बौलाही युवतीको प्रेमगीत / सिल्भिया प्लाथ / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिल्विया प्लाथ |अनुवादक=सुमन पोख...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 32: | पंक्ति 32: | ||
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)” | (तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)” | ||
+ | ................................................................... | ||
+ | '''[[पागल लड़की का प्रेम गीत / सिल्विया प्लाथ|इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।]]''' | ||
</poem> | </poem> |
10:00, 10 दिसम्बर 2020 के समय का अवतरण
“मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ,
म परेला उठाउँछु र फेरि सबै जन्मन्छन्।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
ताराहरू रातानिला भएर नाच्न थाल्छन्
र छरिएको अँध्यारो त्यसैमा पसेर बिलाउँछ:
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
तिमीले मलाई ओच्छ्यानमा लडाएको
जूनको गीत सुनाएको र म्वाई खाएको सपना देखेँ मैले
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
आकाशबाट ईश्वर झर्छ, नर्कको आगो मधुरो हुन्छ-
देवदूत र दैत्यहरू निस्कन्छन्-
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
तिमीले भनेझैँ तिमी फर्किनेछौ भन्ने ठानेँ मैले
तर म बुढी भएँ र तिम्रो नामै बिर्सिएँ।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
बरु मैले चट्याङचरो चिलसँग माया लाएकी भए हुनेरैछ
जे भए नि वर्षा लागेपछि फर्किएर गर्जिन त गर्जिन्छन् ती !
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)”
...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।